दफा २५
खाद्य सञ्चिति, भण्डारण तथा खाद्य सहायता वितरण
खाद्यको भण्डारण तथा सञ्चितिको प्रबन्ध: (१) ऐनको दफा २६ बमोजिम खाद्य भण्डारण र सञ्चितिका लागि नेपाल सरकारले राष्ट्रियस्तरमा र प्रदेश सरकारले प्रदेशस्तरमा खाद्य सञ्चिति भण्डारको निर्माण तथा सञ्चालन गर्न वा गराउन सक्नेछ।
(२) खाद्यको भण्डारण र सञ्चितिको: प्रबन्धका सम्बन्धमा नेपाल सरकार र प्रदेश सरकारले - देहाय बमोजिमका कार्य गर्नेछन्‌ः-
(क) प्रदेश तहमा आधारभूत खाद्य पदार्थ सञ्चिति तथा भण्डारणको व्यवस्था गर्न प्रदेशको स्रोतबाट अपुग हुने रकम नेपाल सरकारले उपलब्ध गराउने,
(ख) नेपाल सरकारले आधारभूत खाद्यमा आत्मनिर्भरताका लागि खाब्च संञ्चितिको व्यवस्था मिलाउने र सोको लागि आवश्यकताको आधारमा आन्तरिक उत्पादनलाई खरिद गरी सञ्चित गरी राख्नु पर्ने न्यूनतम परिमाण नेपाल सरकारले निर्धारण गर्ने,
(ग) खाद्य पदार्थ सञ्चय तथा भण्डारण गर्दा खाद्य गुणस्तर सम्बन्धी प्रचलित मापदण्डलाई पालना गर्ने, गराउने,
(घ) आधारभूत खाद्यको संरक्षण र अनुचित मूल्यवृद्धिलाई प्रभावकारी रूपमा नियन्त्रण गरी पर्याप्त खाद्य उपलनब्धतालाई सुनिश्चित गर्न नेपाल सरकार र प्रदेश सरकारले अन्य आवश्यक उपाय अवलम्बन गर्ने ।
(३) नेपाल सरकारले प्रदेश सरकारसँग समन्वय गरी खाद्य असुरक्षाको जोखिममा रहेको क्षेत्रमा खाद्य सञ्चिति, भण्डारण तथा ढुवानीलाई सुदृढ, एकीकृत र व्यवस्थित गर्नेछ।
(४) खाद्यको भण्डारण तथा सञ्चितिको प्रबन्धका लागि सरकारी, निजी क्षेत्र र सहकारीले आवश्यकता अनुसार संयुक्त रुपमा समेत लगानी गर्न सक्नेछन्‌।
(५) खाद्यको भण्डारण तथा. संञ्चितिको लागि निजी क्षेत्रको गोदामलाई समेत प्रयोग गर्ने गरी व्यवस्था गर्न सकिनेछ।